यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रक्षामन्त्री खड्का

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएई भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्कालाई तोकेका हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड कोप-२८ सम्मेलनमा भाग लिन बुधबार राति दुबई गएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ७ : २३ बजे