यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

विपिनका बाआमा भन्नुहुन्छ– समाचार हेर्दै रात बित्छ

दोधारा चाँदनी (कञ्चनपुर) । इजरायल र आतङ्कवादी समूह हमासबीच युद्ध विरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उहाँका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ ।

हमासले पटक–पटक विभिन्न नागरिकलाई रिहा गरे पनि  विपिनको कुनै समाचार नआउँदा उहाँका बाआमा साह्रै चिन्तित हुनुहुन्छ । 

बुधवार गृह जिल्ला पुग्नुभएका परराष्ट्र मन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उहाँहरूले आग्रह गर्नुभएको छ । “कति बेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु”, आमा पद्माले भन्नुभयो, “समाचार हेर्दै दिन बित्छ ।” 

विपिन गत असोज २० गतेदेखि  सम्पर्कविहीन छन् । उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 

नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ । विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गर्नुभएको छ । उहाँले रासससँग भन्नुभयो, “सरकारले जोडतोडले पहल गरिदिएको भए मेरो छोरा पनि हिजो अस्ति नै छुट्थ्यो कि जस्तो लाग्छ ।”

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ६ : ५६ बजे