यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सेना र प्रहरी परिचालन गर्ने

काठमाडौं। सरकारले जाजरकोट भूकम्पबाट घरबार गुमाएका नागरिकलाई अस्थायी आवास निर्माणका लागि नेपाली सेना र प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट र रुकुमपश्चिममा सेना र प्रहरी खटाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

शर्माले  भन्नुभयाे – “जाजरकोट केन्द्रबिन्दु भइ कार्तिक १७ गते गएको भुकम्पबाट प्रभावितहरुलाई अस्थायी आवास निर्माणको कार्य ढिला भयो भन्ने कुरा आएको छ । जसरी राहत र उद्धारको कार्य भएको थियो त्यो ढंगले अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडी अस्थायी अवास निर्माण कार्यको लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ । त्यसको सिफारिसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई खटाउने निर्णय भएको छ । यदि जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप जनशक्ति उपलब्ध गराउने भन्नेपनि छ ।”

कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भुकम्प गएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : ४७ बजे