यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले अध्यक्ष ओली आज धनगढीबाट बैतडी जानुहुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट बैतडी जाँदै हुनुहुन्छ । 

भोली बिहीबार मङ्सिर १४ गते सुरु हुने पार्टीको 'झुलाघाट-चिवाभञ्ज्याङ' समृद्धिका लागि सङ्कल्प यात्रा २०८० को शुभारम्भका लागि अध्यक्ष ओली बैतडी जान लाग्नु भएको हो । 

अध्यक्ष ओलीले भोली बैतडीको झुलाघाटमा सङ्कल्प यात्राको शुभारम्भ गर्नु हुने कार्यक्रम रहेको छ । उहाँ काठमाडौँबाट मङ्गलवार साँझ धनगढी पुग्नुभएको थियो । अध्यक्ष ओलीले धनगढीमा पार्टीका अगुवा नेता कार्यकर्ता लगायतसँग भेटघाट गर्नुभएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले बताउनुभयो । सङ्कल्प यात्राका लागि अध्यक्ष ओलीसँगै पार्टीका पदाधिकारीसहित नेताहरू बैतडी जाने तयारीमा रहेको उहाँले बताउनुभयो । 

करिब तीन साता सम्म चल्ने सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा पर्ने प्रमुख सहर लगायतका ठाउँमा आमसभा गरिने एमालेले जनाएको छ । पश्चिम बैतडीको झुलाघाटबाट सुरु हुने एमालेको सङ्कल्प यात्रा पूर्व चिवाभञ्ज्याङ पुगेर समापन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

मध्यपहाडी (पुष्पलाल)लोकमार्गको लम्बाई करिब १८७९ किलोमिटर रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ९ : ५६ बजे