यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले अध्यक्ष ओली आज कैलाली जानुहुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलाली जाँदै हुनुहुन्छ । आज साँझ बुद्ध एयरमार्फत अध्यक्ष ओली धनगढी जान लाग्नुभएको हो ।

एमालेले यही मङ्सिर १४ गतेदेखि सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली जान लाग्नुभएको हो । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू जाँदै हुनुहुन्छ । अध्यक्ष ओली लगायतका नेताहरू आज धनगढी नै बस्ने कार्यक्रम रहेको छ।  

अध्यक्ष ओली लगायतका नेताहरू भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले १४ गते बिहान बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्नुहुने कार्यक्रम छ। 

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् । यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : १५ बजे