यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

देशको बिग्रँदो अर्थतन्त्र, बढ्दो महँगीको मुख्य कारक वर्तमान सत्ता गठबन्धन : महासचिव पोखरेल

मुगु । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हाल देशको बिग्रँदो अर्थतन्त्र, बढ्दो महँगीको मुख्य कारक वर्तमान सत्ता गठबन्धन भएको बताउनुभएको छ । 

एमाले मुगु जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न सदरमुकाम गमगढी पुग्नुभएका महासचिव पोखरेलले माओवादी नेतृत्वको सरकारकै कारण नेपाल दक्षिण एसियाकै सबैभन्दा गरिब मुलुक बन्न पुगेको बताउनुभयो । उहाँले देश बिगार्ने कामको नेतृत्व अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नै गरिरहेको बताउनुभयो । 

''प्रचण्डले भारत भ्रमण जाँदा नेपालको हितमा हुने सम्झौता गरेर आउन्, चुच्चे नक्साको बारे बोलुन् भन्ने हाम्रो (नेकपा एमाले)ले सल्लाह सुझाव दिएको थियो ।'', उहाँले भन्नुभयो, ''प्रधानमन्त्री प्रचण्डले नक्साको कुरा उठाउँदा भारत नेपालसँग रिसाउँछ भनेर कुरै उठाउनुभएन ।'' 

उहाँले प्रचण्ड नेतृत्वको वर्तमान सरकार जनताको हितमा नभई विदेशी प्रतिक्रियावादी, दलाल पूँजीपतिहरुलाई मात्रै मात्रै कम्फरटेबल भएको बताउनुभयो । 

एमाले मुगु जिल्लाको अधिवेशनमा सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य द्वय यमलाल कँडेल, गोरख बोगटी, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलगायतका नेताहरूले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ४१ बजे