तीनकुनेबाट दुर्गा प्रसाईँ समर्थक २६ जना पक्राउ

काठमाडौँ । गण्तन्त्रको विरोधमा अराजक अभिव्यक्ति दिने मेडिकल माफिया दुर्गा प्रसाईँको समर्थनमा  निस्किएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईँले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आबद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् । पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उमेश आलेमगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमाार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिसिङ, धन शिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र साबित्रा क्षेत्री छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १ : ३५ बजे