कतारका विदेश राज्यमन्त्री राजधानीमा, आज प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गर्ने 

काठमाडौँ ।  विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी नेपालको दुई दिने औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आइपुग्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल तथा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलि अल अन्सारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियाे । 

कतारी अतिथिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश राज्यमन्त्री अल मुरैखी परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गरेर आज नै स्वदेश प्रस्थान गर्नुहुनेछ । 

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ६ : ५७ बजे