एमालेको आज विशेष बैठक बस्दै, अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

काठमाडौँ  । नेकपा एमालेले विशेष बैठक बोलाएको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १ः०० बजे पार्टीको विशेष बैठक बस्न लागेको हो । 

बैठकमा जनसङ्गठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई बोलाइएको एमालेले जनाएको छ । 

बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवा सङ्घको आयोजनामा हुने मङ्सिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।  

एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा सङ्घले आगामी मङ्सिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ ।  

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ७ : २४ बजे