काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत र उपचारबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।
बैठक भोलि बिहान ८ बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
आज बेलुकासम्म भूकम्प प्रभावित क्षेत्रको सूचना सङ्कलन गर्ने र सोही आधारमा बैठकले आवश्यक निर्णय गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड भूकम्प लगत्तै आज बिहान भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम पुगेर क्षतिबारे जानकारी लिनुका साथै उद्धार, राहत र उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ ।
प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार २ : ५७ बजे
प्रतिक्रिया