भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ली खछ्याङको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले स्वर्गीय खछ्याङको परिवार र चिनियाँ जनताप्रति समवेदना व्यक्त गर्दै लीसँग भएका विभिन्न भेटघाटमा आफूले सधैँ नेपालप्रति अत्यन्त सद्भाव राख्ने असल मित्रका रूपमा पाएको स्मरण समेत गर्नुभएको छ । 

नेपाल-चीन मैत्रीको विकासमा लिले खेल्नुभएको भूमिकाको सदैव स्मरणीय रहने पूर्व राष्ट्रपति भण्डारीले बताउनुभएको छ । 

 

मित्रराष्ट्र चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको असामायिक निधनको खबरले स्तब्ध भएको छु। म स्वर्गीय लीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै चिनियाँ जनता, चीन सरकार तथा स्वर्गीय लीका परिवारका सदस्यमा गहिरो समवेदना प्रकट गर्दछु । उहाँसँग भएका विभिन्न भेटघाटमा मैले उहाँलाई सधैं…

— Bidya Devi Bhandari (@BidyaDevi2018) October 27, 2023

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ३ : ३५ बजे