भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा ३८ नेपाली उद्धारको पर्खाइमा

काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा ३८ नेपाली उद्धारको पर्खाइमा छन् । प्यालेस्टाइनको चरमपन्थी समूह हमास र इजरायली सेनाबीच गाजापट्टी क्षेत्रमा संघर्ष चलिरहेका कारण उनीहरूको उद्धार गर्न सकिएको छैन ।

“अहिले जुन क्षेत्रमा हमास र इजरायली सेनाबीच द्वन्द्व चलिरहेको छ, त्यहाँबाट ३८ जना नेपालीले उद्धार गरी सुरक्षित लैजानको लागि हामीसँग अनुरोध गरेका छन् । केही नेपालीहरू गए रातिसम्म हाम्रो सम्पर्कमा थिए,” गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले बाह्रखरीसँग भने ।

भण्डारीका अनुसार द्वन्द्व चलिरहेको क्षेत्रका फरक–फरक ठाउँमा दुई, आठ, ११ र १७ नेपालीको समूह उद्धारको पर्खाइमा छ ।

द्वन्द्वग्रस्त क्षेत्रमा केही नेपाली हमासको आक्रमणमा परी घाइते भएका र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको भण्डारीले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १२ : १८ बजे