भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

कोशी प्रदेशसभा दुई अध्यादेश पेस

कोशी । कोशी प्रदेशको प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले ती अध्यादेश प्रदेशसभामा पेश गरेका हुन् ।

 

प्रदेशसभाको अर्को बैठक असोज २० गते दिउँसो १ बजे बस्नेछ । सोही  दिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पनि लिने जनाइएकाे छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ११ : ०२ बजे