भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

माओवादी निकट स्वास्थ्यकर्मी संगठनका नेता कोइरालाले त्यागे माओवादी,भने आत्मग्लानी भयाे

काठमाडौं। नेकपा माओवादी निकट स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य डाक्टर दीपकप्रसाद कोइरालाले पार्टी परित्याग गर्नुभएको छ ।

आफ्नै पार्टीको सरकार हुँदा पनि स्वाथ्यकर्मीमाथि हातपात भएका घटनामा कारबाही नभएको भन्दै कोइरालाले पार्टी त्याग्नुभएको हो । नेपाल प्रगतिशील चिकित्सक संघका केन्द्रीय सदस्य कोइरालाले गैरजमानती हिरासतको कडा कानुन नबनेसम्म पार्टी र स्वास्थ्य विभागको सदस्य नरहने भन्दै पदबाट राजीनामा दिनुभएको छ ।

‘जबसम्म गैरजमानती हिरासतको कडा कानुन बन्दैन, तबसम्म म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वास्थ्य विभाग वा अन्य कुनै पार्टीको निकायमा नरहेको जानकारी दिँदै आजको मितिदेखि राजीनामा दिएको छु’, डाक्टर कोइरालाले राजीनामा पत्रमा भन्नुभएको छ, ‘आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टो गुण्डागर्दी गर्नेलाई जोगाएर डाक्टामाथि लाठी चार्ज गर्नु र कानुनी राज्यको उपहास हुनु सह्य भएन ।’

पोखराको मणिपाल घटनाका सन्दर्भमा बिना आरोप नेपाल प्रगतीशील चिकित्सक संघका गण्डकी प्रदेश अध्यक्षलाई एक दिन हिरासतमा राख्नु झनै लज्जास्पद घटना भएको कोइरालाले बताउनु भएको छ । डाक्टर कोइरालाले यस्तो अवस्थामा पार्टीमा रहनु आत्मग्लानी महसुस भएको बताउनु भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : १९ बजे