भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाबारे बुझ्न सभामुख झापामा

बिर्तामोड । सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाका अवस्था बुझ्न झापा पुग्नुभएकाे छ । संसद बैठक स्थगित भएको मौकामा उहाँ आफ्नो गृहजिल्ला पुग्नुभएकाे हाे ।

सभामुख घिमिरे तीन दिन बिर्तामोडमै रहेर क्षेत्रमा सञ्चालित विकास आयोजनाको अवलोकन निरीक्षण, निर्वाचन क्षेत्रका जनतासँग अन्तर्क्रियामा सहभागी हुनुहुनेछ।

सभामुखको सचिवालयका अनुसार उहाँले मुक्तिचोक शनिश्चरे जयपुर सडक अवलोकन, भूमिहीनसँग छलफल, बिर्ता–भद्रपुर सडक, बिरिङ प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

सभामुख घिमिरेले बिर्तामोडमा सोमबार साँझ भएको पत्रकार सम्मेलनमा आफ्नो झापा बसाइ पूर्णरुपमा विकास काममा केन्द्रित भएको बताउनुभयाे ।

‘यसपटक विकास आयोजनाको निरीक्षण र कतिपय आयोजना सञ्चालन गर्न काठमाडौंमा गरेका छलफलको फलोअप गर्न आएको छु,निर्वाचन क्षेत्रका आयोजनामा मेरो निरन्तर निगरानी रहन्छ’ उहाँले भन्नुभयाे ।

विगतमा झापा क्षेत्र नम्बर २ मा उल्लेख्य योजनाहरु आएको बताउँदै सभामुख घिमिरेले क्षेत्रभित्रका सबै स्थानीय तहका जनप्रतिनिधिसँग अलग अलग छलफल गर्ने बताउनुभयाे ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ११ : ०४ बजे