काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ ।
गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयाे ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।
उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।
क्षतिको विवरण आइसकेको छैन।
प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १२ : १७ बजे
प्रतिक्रिया