यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई भोली

काठमाडौं । संसदीय सुनुवाई समितिले संवैधानिक परिषदबाट प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाई भोली विहान साढे ११ वजे गर्ने भएको छ । 

समितिले आज प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध परेका उजुरी सांसदहरुलाई अध्ययनका लागि वितरण गरेको छ । 

समितिले भोली विहान साढे १० वजे उजुरी कर्तासँग छलफल गरेर साढे ११ वजे प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग सुनुवाई गर्ने निर्णय गरेको हो ।

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ विरुद्ध ३ वटा उजुरी परेको छ । जसमध्ये १ जना मात्रै उजुरीकर्ता छलफलमा सहभागी हुने समितिले जनाएको छ ।

संसदीय सुनुवाइ समितिको गत साउन २३ गते बसेको बैठकले प्रधान न्यायाधीशमा प्रस्तावित वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ विरुद्ध उजुरी दिन १० दिनको समयसिमा दिएको थियो । 

गत साउँन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधिश श्रेष्ठलाई प्रधान नयायाधीशमा सिफारिस गरेको थियो ।
 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १२ : ०६ बजे