यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौँ जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ । ।

नाबालिग बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

यसअघि, नाबालिग बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो ।

 

 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  १० : ३७ बजे