यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

आँखा पाक्ने रोगीलाई प्रशासन आउन राेक

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने  समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेकाे छ   ।  

आँखा पाक्ने रोग फैलँदै गए पछि प्रशासन कार्यालयले  आँखा पाक्ने रोग लागेको समयमा आफु र अन्य व्यक्तिलाई पनि सजिलै सर्ने र सोही समय  नागरिकता, राहदानी लगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाईसमेत डर हुने भएकाले रोग निको नभएसम्म सेवा लिन नआउन अनुराेध गरेकाे  हो । प्रशासनले जिल्लाका स्थानीय तहहरूलाईसमेत सूचना गर्न भनेको छ ।

प्रशासकीय अधिकृत दिनेश शर्माले सार्वजनिक सूचनामार्फत आँखा पाक्ने रोग नियन्त्रणका लागि सहयोग गर्न अनुरोध गर्दै समस्या भएका बिरामीलाई प्रशासनमा नआउन भनेकाे बताउनुभयाे । सर्वसाधारणले भने प्रशासनले सेवा लिन नआऊ भन्नु गलत भएको टिप्पणी गरेका छन् ।

आफुसँग साथीहरू पनि ल्याउनु हुन्छ ‘आँखा पाकेका बेला फोटो पनि राम्रो आउँदैन, राहदानी र नागरिकतामा चस्मा लगाएको फोटाे राख्न मिल्दैन’ एप्सले पनि काम नगर्ने भएकाले यस्ताे अनुराेध गर्नु परेकाे प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो । प्रशासनले सेवा प्रवाह गर्ने क्रममा सेवा दिने व्यक्तिलाई समेत आँखा पाक्ने  रोग लागेको हुँदा  यो सूचना जारी गर्नु भएको प्रजिअ श्रेष्ठको  भनाइ  छ। 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ८ : ४९ बजे