यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

चिनियाँ व्यापारीले सामान रोकियो भनेपछि भन्सारसँग कुरा गरेको हुँ : महरा

दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विद्युतीय चुरोट (भेप) मा सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेकाे बताएका छन् ।

मंगलबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरी उनले तर आफूलाई भन्सारमा रोकिएको सो सामान सुन भएको थाहा नभएको प्रष्टीकरण दिएका हुन् । भेपमा लुकाएर सुन तस्करी प्रकरणमा आरोपित चिनियाँ व्यापारी लुई र डोओजिङ वाङसँग माओवादी नेता महरा र उनका छोरा राहुलसँग पटक पटक संवाद भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिवेदन दिएको थियो ।

यस प्रकरणमा महरा र उनका छोराहरुको कनेक्सन देखिएको प्रहरी प्रतिवेदन आउँदा समेत उनीहरु माथि कुनै कारबाही नभएको भन्दै यीत्तखेर ब्यापक विरोध हुँदै आइरहेको छ । 

महराले वाङसँग १०/१२ वर्षदेखि चिनजान र आउजाउ रहेको  बताए ।  आफूले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्छु भनिरहेको तर अहिलेसम्म नबोलाएको महराले बताए । आफू पार्टी कार्यक्रमका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै आग्रहमा दाङ आएको महराले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ३ : ०६ बजे