यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

ठमेलको एलओडी क्लबको कारोबार खाता नियन्त्रणमा

काठमाडौँ । ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लबको कारोबार खाता नियन्त्रणमा लिइएको छ ।

कर छलीको अनुसन्धानमा तानिएसँँगै गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको थियो । गत शुक्रबार अपराह्न ४ बजेदेखि सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको बताइएको छ ।

क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा छापा मारेको विभागले बताएको छ ।

विभागले ठूलो करछलीको सूचनापछि एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिएको छ । अहिले विभागले थप अनुसन्धान गरिरहेको छ ।

सो क्रममा क्लबमा आउनेहरुले तिर्ने र खास कर दाखिला खातामा चढाइने रकम बीचको भिन्नता जाँच गर्न विभागको टोली शुक्रबार रातभर नै बसेको थियो । विभागले उक्त क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको हो ।

विभागले एलओडी नाइट क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि पत्राचार गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १२ : ५६ बजे