यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सुन प्रकरण : ब्रेक शु भित्र ६० केजी भन्दा बढी सुन

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुनको तौल ६० केजी ७८९ ग्राम रहेको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर जोख्दा ६० केजी ७८९ ग्राम पुगेको हो  ।

‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ६८९ ग्राम रहेको छ’ टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले  जानकारी दिए । ‘गालेर जोख्न बाँकी छ। भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ', उनले भने ।

राजस्व अनुसन्धान विभागले गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु सिनामंगलबाट बरामद गरेको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : १३ बजे