यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसहित ४५ जना व्यवसायी पक्राउ

काठमाडौं । निर्माण भुक्तानी नपाएको लगायतका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामासहित ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ललितपुर प्रहरीले  उनीहरुलाई  आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागबाट पक्राउ गरेको हो । 

ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले सरकारी कार्यालयमा तालाबन्दी गर्न खोजेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको बताए।
 नियन्त्रणमा लिइएकालाई छाड्न लागिएको प्रहरीले जनाएको छ।

निर्माण भुक्तानी नपाएको लगायतको विभिन्न माग राख्दै निर्माण व्यवसायीहरु केही दिनदेखि आन्दोलित बनेका थिए । नेपाल निर्माण व्यवसायी महासंघले घोषित तेस्रो चरणको आन्दोलन अर्न्तगत सरकारी कार्यालयमा ताला लगाई धर्ना दिन पुगेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १२ : १८ बजे