यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

क्यान केन्द्रीय सचिवमाथि कालो पदार्थ छ्यापियो

मकवानपुर । नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि कालो तरल पदर्थ छ्यापिएको छ ।

आज शनिबार हेटौंडामा क्यान मकवानपुरको आठौं साधारणसभा सकेर खाना खाने क्रममा पाठकमाथि कालो पदार्थ छ्यापिएको हो ।

स्कुटरमा आएका तीनजना युवाले कालो पदार्थ छ्यापेर भागेको बताइएको छ ।

प्रहरीले ती युवाहरुलाई खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : ३४ बजे