काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ ।
शुक्रबार साँझ काठमाडौं महानगरपालिका-७ र बूढानीलकण्ठ-१० को सीमानामा रहेको सात तले चोकनजिक खहरे खोला खोल्न काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो ।
हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन । आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि खाेला खाेल्ने सहमति भएपछि डोजर चलाएको काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
उनीहरूबीच साततल्ले चोक जस्तको तस्तै राख्ने, सिमाना र खहरेको भाग समेत छुट्याउने लगायतका सहमति भएको छ।
प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार ६ : १६ बजे
प्रतिक्रिया